झापा,फागुन १३ । झापा बिर्तामोड उधोग वाणिज्य संघको निर्वाचन समिति विरुद्ध मुद्दा दर्ता भएको छ । बुधबार निर्वाचन समिति विरुद्ध उच्च अदालत इलाममा मुद्दा गरिएको हो ।

संयुक्त व्यवसायिक प्यानलबाट जनसम्पर्क उपाध्यक्षमा उम्मेद्वारी दिने उर्मिला विमली खरेलले निर्वाचन समिति विरुद्ध मुद्धा दर्ता गराएकी हुन् । उनी उम्मेद्वारी दिन पाउनुपर्ने माग गर्दै उच्च अदालत इलाम पुगेकी छन् । इजलाससित कुरा गर्दै खरेलले भनिन्, म माथि निर्वाचन समितिले राजनीतिक पूर्वाग्रह राखेर अन्याय गरेकोले न्याय माग्न अदालत गएकी हुँ ।

बिर्तामोड उधोग वाणिज्य संघको फागुन १६ गते निर्वाचन हुदैछ । निर्वाचनको ४ दिन अगाडि मुद्धा दर्ता भएको छ । खरेलले वशिष्ट टे«डर्सबाट उम्मेद्वारी दर्ता गराएकी थिइन् । उनको उम्मेद्वारी दर्ता गरेर निर्वाचन समितिले रसिद समेत थमाएको थियो । दर्तापछि निर्वाचन समितिले खरेलसहितको नामावली प्रकाशन समेत गरेको थियो ।

रसिद बुझेपछि उम्मेद्वारी दर्ता भयो भन्नेमा ढुक्क भए, खरेलले भनिन्, – दावी विरोधमा फर्म नविकरण नभएको भन्ने सूचना पाए । दर्तामा बस्नेले शुरुमा केहि भन्नुभएन, उनी भन्छिन् – पछि मेरो उम्मेद्वारी नै नहुने जानकारी आयो ।

निर्वाचन समितिले फेरि रित नपुगेको सच्याउन सूचना आव्हान गरे पछि खरेलले मानवीय त्रुटि भयो भन्दै आफ्नै अर्को फर्म हिमाली जरिबुटीबाट उम्मेद्वारी दिन पाऊ भन्दै समितिलाई निवेदन बुझाइन् । फेरि कागजात नपुगेको भन्दै समितिले उम्मेद्वार बन्न नपाउने जनायो ।

संघको आसन्न निर्वाचनका लागि संयुक्त व्यवसायिक प्यानलले उनै खरेलको नाममा जनसम्पर्क उपाध्यक्षका लागि भोट मागिरहेको छ । निर्वाचन समितिले खरेलको उम्मेद्वारीलाई स्वीकार गरेको छैन । दोस्रो फर्मबाट समेत आफ्नो उम्मेद्वारी अस्वीकार गरिए पछि पूर्वाग्रह स्पष्ट भएको खरेलको भनाई छ । उनले उम्मेद्वारी पाउनुपर्ने भन्दै मुद्दा दायर गरेकी हुन् ।

निर्वाचन समितिका प्रमुख शेखर ढकालले यसबारे केहि बोल्न चाहेनन् । उनले यसबारे अहिले केहि बोल्न नमिल्ने बताए । सिडियो कार्यालयसम्म यो विषय पुगेको छ , प्रमुख ढकालले भने – थप अपडेट पछि कुरा गरौंला । उनले फर्म उल्टोपाल्टो भएको इसलाससित भने ।

स्रोत : Ijalas Daily

तपाइको प्रतिक्रिया दिनुहोस्।