बिर्तामोड , फागुन १४ । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिग फुटबलको अन्तिम १६ मा पुगेको छ । लेगमा युनाइटेड ४-० को जीतसहित अन्तिम १६ मा पुगेको हो ।

युनाइटेडले बिहीबार राति अन्तिम ३२ को दोस्रो लिगमा रियल सोसीडाडसँग गोलरहित बराबरी खेले पनि समग्रमा ४-० को जीतसहित अन्तिम १६ मा उक्लेको हो ।

युनाइटेडले पहिलो लेगमा जीत निकाले पनि दोस्रो लेगमा भने गोल गर्न सकेन । पहिलो लेगको  ४-० को जीतले युनाइटेड प्रि-क्वाटरफाइनलमा पुग्न सफल भएको हो ।

स्पेनिस क्लब सोसीडाडका मिकेल ओयार्जाबलले खेलको १३ औं मिनेटमा पेनाल्टीमा गोल गर्न चुकेका थिए ।

घरेलु मैदानमा युनाइटेडले युवा खेलाडीलाई मौका दिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्।