बिर्तामोड , फागुन १४ । इंग्ल्याण्डविरुद्धको तेस्रो टेस्ट क्रिकेट खेलमा भारतले जीत हासिल गरेको छ ।  बिहीबार राति भएको खेलमा भारत १० विकेटले विजयी भएको हो ।

भारतका लागि रोहित शर्माले नटआउट २५ र शुभमान गिलले नटआउट १५ रन बनाए । दोस्रो खेलमा भारतले इंग्ल्याण्डलाई ८१ रनमै अलआउट गरेको थियो ।

पहिलो खेलमा भारतले १४५ रन बनाएको थियो । यस्तै इंग्ल्याण्ड ११२ रनमै अलआउट भएको थियो ।

पहिलो खेलमा भारतका लागि रोहित शर्माले ६६ रन जोडे । यस्तै अक्षर पटेलले ११ विकेट लिए । पहिलो खेलमा ६ विकेट लिएका पटेलले दोस्रो खेलमामा ५ विकेट लिएर भारतलाई तेस्रो टेस्ट जिताए ।

उक्त टेस्टमा पटेल म्यान अफ दी म्याच घोषित भए । टेस्टमा रविचन्दन आश्विनले ७ विकेट लिएका थिए । भारतले चार खेलको टेस्ट सिरिजमा २-१ को अग्रता लिएको छ ।

यसअघि पहिलो टेस्ट भने इंग्ल्याण्डले जितेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्।