बिर्तामोड , फोन १४ । सेभेन ११ म्युजिक फ्याक्ट्रीले निर्माण गरेको म्युजिक भिडियो ‘फूर्के रिबन भर्सेस कर्ली कपाल’ सार्वजनिक भएको छ । गीतमा ध्रुव बिस्को, जीवेश गुरुङ, एलिना चौहान र रचना रिमालले स्वर दिएका छन् ।

कृष्ण केसीको शब्द रहेको गीतमा ध्रुवकै संगीत छ । भिडियोमा पुष्प खड्का, सुधीर श्रेष्ठ, समारिका र स्मारिका ढकाल फिचर्ड छन् । भिडियोमा दिनेश डिसी, गौरी मल्ल र आनन्द कार्की अतिथि भूमिकामा छन् ।

लोक लयमा तयार भएको भिडियोलाई ब्याटल शैलीमा तयार गरिएको छ । दुई टिमबीच भएको गायन तथा नृत्यको ब्याटललाई भिडियोमा उतारिएको छ ।

माइकल चन्द निर्देशित भिडियोमा उत्सव दाहालको छायांकन र शिलन लम्सालको सम्पादन तथा रंग संयोजन छ ।

भिडियो सेभेन ११ म्युजिक फ्याक्ट्रीका तर्फबाट अनिल जोशी, अमृत सुवेदी र नवराज शर्माले निर्माण गरेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्।