बिर्तामोड,चैत ०७ । बिर्तामोडको नमाे बाैद्ध गुम्बाकाे अध्यक्षमा दलबहादुर मोक्तान (ओम) निर्वाचित भएका छन् । शनिबार बिर्तामोड-४ स्थित गुम्बाको सभाहलमा सम्पन्न भएको दोस्रो अधिवेशनबाट आगामी ३ बर्षको कार्यकालका लागि दलबहादुर मोक्तान (ओम) को अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन भएको हो ।

उपाध्यक्षमा हेमा भण्डारी योन्जन, सचिवमा गणेश लो तामाङ, सहसचिवमा बिनिता योन्जन, कोषाध्यक्षमा पुनम पाख्रिन निवाचित भएका छन् । त्यसैगरी सदस्यहरुमा कमल बल, धन बहादुर वाइबा, ज्योति योन्जन, बिमला मोक्तान, सन्जु मोक्तान, देवी पाख्रीन र टिकाराज घिसिङ रहेका छन् । प्रमुख अतिथि नेपाल तामाङ घेदुङ विर्तामोड नगर अध्यक्ष हस्तबहादुर लुङ्बा, विशेष अतिथि नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति झापाका सल्लाहकार प्रेम घिसिङ, नेपाल तामाङ घेदुङ प्रदेश १ का सल्लाहकार पदम बहादुर ग्याबक देबराज, निर्वाचन समिति संयोजक गोबिन्द गोङ्बा, नेपाल तामाङ महिला घेदुङ विर्तामोडका अध्यक्ष फुलमाया मोक्तान लगायतबाट नवनिर्वाचित कार्य समितिलाई बधाई तथा सफल कार्यकाल लागि शुभकामना व्यक्त गरिएको थियो ।

कर्मसिङ घिसिङको अध्यक्षता तथा नेपाल तामाङ बोन्बो घेदुङ सदस्य सोम प्रसाद घिसिङ र बिर्तामोड नगरको १, ३, ४ र ५ को वडा घेदुङ अध्यक्षसमेतको आतिथ्यता रहेको कार्यक्रमको सन्चालन सचिव पूर्ण गोलेले गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्।