एजेन्सी । अमेरिकाको संसद भवन अगाडि भएको आक्रमणमा एक प्रहरी अधिकारीसहित दुई जनाको ज्यान गएको छ । केही घाइतेहरुको उपचार भइरहेको बीबीसीले जनाएको छ ।

आक्रमणबाट प्रहरी अधिकारीकै ज्यान गएपछि सुरक्षा व्यवस्थामाथि प्रश्न उठाइएको छ । अहिले संसद भवन वरपर सुरक्षाकर्मीको तैनाथी बढाइएको छ । आक्रमणपछिकाे प्रतिरक्षामा प्रहरी अधिकारीले पनि गोली चलाएका थिए । गोली लागेर कार चालकको ज्यान गएको खबरमा उल्लेख छ । 

तपाइको प्रतिक्रिया दिनुहोस्।