एजेन्सी । फ्रान्समा पछिल्लो २४ घन्टामा थप ४६ हजारभन्दा बढीमा कोरोना संक्रमण देखिएको छ भने ३ सय भन्दा बढीको मृत्यु भएको छ ।

योसँगै त्यहाँ हालसम्म संक्रमित हुनेको संख्या ४७ लाख नाघेको छ भने संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या पनि ९६ हजारभन्दा धेरै छ ।

यही क्रममा संक्रमित बढे  फ्रान्समा  अस्पतालमा बेडको र स्वास्थ्यकर्मीको   अभाव हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

संक्रमण तीव्र गतिमा बढेपछि त्यहाँ तेस्रोपटक देशव्यापी लकडाउनको घोषणा गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्।