२०७७ चैत्र २४, इलाम। देउमाइ नगरपािलकाका प्रमुख सुर्य प्रसाख पाेख्रेलद्वारा खानेपानी समस्यालाइ समाधान गर्न व्यक्तिगत जमिन प्रदान गर्ने भएका छन ।

देउमाई नगरपालिकाकाको मंगलबारे बजार क्षेत्रमा खानेपानीको चरम अभाव भएको हालको परिस्थितिमा मंगलबारे खानेपानी उपभोक्ता समितिले आवश्यक माग अनुसारको खानेपानी पूर्ति गर्न नसकी सम्पूर्ण जिम्मेवारी मिति २०७७ चैत्र ०९ गतेबाट नगरपालिकालाई बुझाइसकेको वर्तमान अवस्थामा नगरपालिकाकाबासीको अति सम्वेदनशिल दैनिक समस्यालाई जस्तोसुकै परिस्थितिमा पनि तत्काल सम्बोधन गर्नु पर्ने अवस्थालाई मध्यनजर गरी देउमाई नगरपालिकाको वडा नं २ को सुनुवार गाउँ क्षेत्रमा नगर प्रमुख सुर्य प्रसाद पोख्रेलले व्यक्तिगत लगानीमा जमिन खरिद गरि उक्त क्षेत्रमा रहेको खानेपानी मुहानबाट मंगलबारे बजार क्षेत्रमा खानेपानीको अत्यन्त ठूलो समस्या झेलिरहेका नगरबासीलाई दैनिक रूपमा आपूर्ति गर्न यहि चैत्र २१ गतेबाट देउमाई नगरपालिका कार्यालयको सहयोगमा पाइप लाइनिङको काम सुरूवात गरी जम्मा तीन दिनको ९२५०० मिटरको दुरि० अवधिमा मिति २०७७र१२र२३ गतेबाट यस मंगलबारे बजार क्षेत्रको वितरण टेंकीबाट वितरण गर्न सक्ने अवस्थासम्म आइ पुगेको छ।

आगामी दिनमा खानेपानीको सेवा प्रवाहलाई अझ व्यवस्थित रूपमा सञ्चालन गर्न नगरपालिका प्रतिबद्ध रहेको नगर प्रमुख श्री सुर्य प्रसाद पोख्रेल ज्यूले जानकारी दिनु भयो र साथै मिति २०७७र१२र२४ गतेबाटनै पर्याप्त मात्रमा पानी वितरण गरिने समेत जानकारी गराउनु भयो।

तपाइको प्रतिक्रिया दिनुहोस्।