झापा,चैत २५ । झापाको बिर्तामोडमा एक व्यक्ति मृत फेला परेका छन् । मेचीनगर १२ कालीझोडा बस्ने गौतम परियारको लाश बिर्तामोडको सुगम पेट्रोल पम्प छेउको झाडीमा आज विहान फेला परेको हो । परियारले मासु बिक्री गर्दै आएका थिए ।

अन्यत्र हत्या गरेर लाश त्यहाँ फ्यालेको हुनसक्ने आशंका गरिएको छ । लाशबाट गन्ध आइरहेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । लाश फेला परेको खबर आफूहरुलाई विहान ८.३० बजे आएको र घटनाका बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले बताए । तीन दिनअघि आइतबार विहान गाउँले होटलका संचालक निरौला चारआली जंगलमा मृत फेला परेका थिए । निरौलाको हत्यारालाई प्रहरीले फेला पार्न नसक्दै बिर्तामोडमा अर्को हत्या भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्।