काठमाडौँ,चैत २५ । पछिल्लो २४ घण्टामा थप २ सय ९८ जनामा कोभिड १९ सङ्क्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार २ सय ९८ जनामा कोभिड पोजेटिभ देखिएको हो। सोही अवधिमा ७४ जना सङ्क्रमणमुक्त भएका छन्। २४ घण्टाको अवधिमा देशभर २ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। यो अवधिमा ४ हजार १ सय जनाको पिसिआर परीक्षण गरिएको थियो।

अहिलेसम्म देशभर २ लाख ७८ हजार ७ सय ६८ जनामा कोभिड सङ्क्रमण भइसकेको छ। ३ हजार ३८ जनाको मृत्यु भइसकेको मन्त्रालयले जानकारी दिएको छ। अहिलेसम्म २२ लाख ९८ हजार १ सय ६७ जनाको पिसिआर परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ।

पछिल्लो केही दिनयता कोभिड संक्रमितको सङ्ख्या बढ्दै गएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्।