काठमाडौँ,चैत २७ । पछिल्लो केही समययता नेपालमा कोरोना भाइरस संक्रमण तिव्र गतिमा फैलिरहेको छ । संक्रमणको जोखिम बढेसँगै स्वास्थ्य मन्त्रालयले शिक्षण संस्था, फिल्म हल लगायत बन्द गर्न सिफरिस गरेको छ । नयाँ लहर फैलिएको भन्दै शिक्षण संस्थाहरुको प्रत्यक्ष पठनपाठन, फिल्म हल र पार्टी प्यालेस बन्द गर्न मन्त्रालयले सिफारिस गरेको हो ।

यो प्रस्तावका विषयमा १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकमा छलफल हुने छ । सीसीएमसीले प्रस्ताव गरेपछि मन्त्रीपरिषद्बाट निर्णय हुन सक्छ । 

अहिले रात्रिकालिन व्यवसायहरु राति ९ बजेपछि सञ्चालन नगर्न सरकारले आग्रह गरिसकेको छ।

source : nepalnews

तपाइको प्रतिक्रिया दिनुहोस्।