बिर्तामोड, बैशाख २।

बौद्ध धर्मावलम्बीहरुको धार्मिक आस्थाको केन्द्र मानिने बौद्ध गुम्बाको आज एक कार्यक्रमबीच उद्घाटन भएको छ l त्रिदिवसीय विश्वशान्ति पुजाको आयोजना गरी  झापाको अर्जुनधारा ५ पानिकल स्थित साङ्गे टोलमा भर्खरै निर्माण सम्पन्न भएको सेरडुब गुम्बाको प्रमुख अतिथि प्रदेश १ का माननीय कृषि तथा भुमी व्यवस्था मन्त्री राम रानामगरबाट सिलालेखको ब्यानर अनावरण गरी पंन्चदिप बालेर उदघाटन  भएको हो l

कार्यक्रममा प्रमुख अतिथि लगायत विशिष्ट अतिथि माननीय बिर्ख प्रधान, नगर प्रमुख हरि राना, अर्जुनधारा न.पा.५ का वडा अध्यक्ष ध्यानबहादुर भारतीबाट गुम्बाको बाँकी भौतिक पूर्वाधार निर्माणमा वडा, स्थानीय तह तथा प्रदेश सरकारले यथाशक्य सहयोग गर्ने शुभकामना सहित प्रतिवद्दता व्यक्त गरिएको थियो l

गुम्बाका अध्यक्ष राजबहादुर मोक्तानकाे अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा गुम्बा निर्माणका लागि भुमिदान गर्नुहुने साथै निर्माणकार्यमा सहयोग गर्नुहुने दाताहरुलाई सम्मान समेत गरिएको थियो l  मनकुमारी गोलेको स्वागत मन्तव्य र  मिरा वाईबाको संचालनमा रहेको उक्त कार्यक्रममा नेपाल तामाङ घेदुङ प्रदेश १ का सचीव तिलक पाख्रिन, जिल्ला घेदुङका अध्यक्ष काजिमान घिसिङ, प्रदेश १ धेदुङका सल्लाहकार सदस्य पदमबहादुर ग्याबक ( देबराज), लामा गुरु पाल्देन मोक्तान, बागेश्वरी दुर्गा मन्दिर पानडपपुरका अध्यक्ष इन्द्रमणि पौडेल, अर्जुनधारा ४ सिंहबहिनी मन्दिर राते खालका अध्यक्ष राजन अघिकारी, ङोनपोर घावै सिङ्खाम गुम्बा मे न पा ८ का अध्यक्ष ताकेन्द्र मोक्तान, मे. न.पा. ९ खुट्टेडांगी ह्योइसाल लिङ गुम्बाका अध्यक्ष देवीमाया मोक्तान, कनकाई न.पा.माइधाम साङ्क छ्योलिङ गुम्बाका अध्यक्ष मानबहादुर तामाङ, बिर्तामोड साना शहरी खाने पानी तथा सरसफाइ उपभोकता  समितिका अध्यक्ष जलकुमार गुरुङ,  तमु ह्युल छ्यो-धी रास्ट्रिय परिषद बिर्तामोडका अध्यक्ष धन कुमार गुरुङ, माईधार गुरुङ गुन्बाका अध्यक्ष धन बहादुर गुरुङ लगायतको आतिथ्यता  रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्।