झापा, वैशाख ४। झापा गाउँपालिकामा शुक्रवार नयाँ वर्ष तथा शिरुवा पर्वको उपलक्ष्यमा एक अर्कामा रङ दलेर र नाँचगान गरेर नयाँवर्षका मनाएका छन् । झापा गाउँपालिका वडा १ मा अमरसिंह प्राविको मैदानमा शुक्रवार लसुना गाउँ समाज समितीले एक कार्यक्रमको आयोजना गरी एक अर्कामा रङ लगाई दिएर र नाँचगान गरेर सामुहिक शिरुवा पर्व तथा नयाँ वर्षको खुशीयाली मनाएका थिए । आदीवासी समुदायले मनाउने शिरुवा पर्वमा मुसलमान समुदायको पनि उल्लेखनिय उपस्थिती रहेको थियो । स्थानीय चर्चित गायक रामसिंह राजवंशीले गाएको गितमा सम्पुर्ण दर्शकहरु नाचीरहेको देखिन्थ्यो भने कोही एक अर्कामा अंगालो हाली रमाईरहेको देखिन्थ्यो । गायक रामसिंह राजवंशीलाई दोसल्ला ओढाएर सम्मान पनि गरेको थियो । त्यसैगरी वडा नं २ मा पनि पर्वत राजवंशी अध्यक्षातमा शिरुवा पर्वको उपलक्ष्यमा एक अर्कामा रङ दलेर शिरुवा पर्व मनाएका थिए ।
लसुना गाउँ समाज समितीका अध्यक्ष सिमासरी राजवंशीको अध्यक्षातामा भएको कार्यक्रममा स्वागत मन्तव्य रुपक राजवंशीले दिएका थिए भने उक्त कार्यक्रमको प्रमुख अतिथी वडा अध्यक्ष राजकुमार यादव रहेका थिए । कार्यक्रममा सशस्त्र विओपी टाँघनडुब्बाका प्रमुख सचिन प्रधान , कुमरखोद ईलाका प्रहरीको प्रमुख गजेन्द्र रायमाझी , घनश्याम गणेश , कुमार गणेश , असमेरु खातुन लगायतका उपस्थिती रहेका थिए । कार्यक्रमको संचालन कुमार गणेशले गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्।