झापा, वैशाख ६ । झापा गाउँपालिकामा रहेको एक मदरसालाई कम्प्युटर र स्टेशनरी सामाग्री दिएका छन् ।
झापा गाउँपालिका वडा ४ मा रहेको मदरसा ईस्लामिया नुरिया गरिब नवाज मदरसालाई अमेरिकामा बस्ने विशाल भारती तथा अमेरिकाको नर्थ क्यारोलिना राज्यमा बस्ने नेपालीहरुद्धारा सहयोग एकथान डेस्टप कम्प्युटर र स्टेशनरी सामाग्रीहरु लिएर नेपालका लागि प्रतिनिधी समाजसेवी विशाल केसी मार्फत् मदरसाको एक कार्यक्रमकाबीच उक्त सामाग्रीहरु हस्तान्तरण गरेका थिए । अमेरिकाको नर्थ क्यारोलिन राज्यमा बस्ने विशाल भारतीले त्यहाँ बस्ने नेपालीहरुसँग सहयोग जुटाई झापा गाउँपालिकाका केहि विधालय र मदरसाहरुलाई गतवर्ष डेस्कटप कम्प्युटर र न्यायो स्वीटर वितरण गरिसकेको सहजीकरणकर्ता विशाल केशीले बताए ।
मदरसा व्यवस्थापन समितिका अध्यक्ष शहिद रजा अन्सारी अध्यक्षाता सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि वडा ४ का राजुजंग भारती रहेका थिए । भारतीले अमेरिकामा बसेर विपतको बेला नेपालीहरुलाई सहयोग गरिरहने विशाल भारती लगायतका नेपालीहरुलाई हृदय देखी नै धन्यवाद दिएका थिए भने सधै यसरी नै सहयोगको अपेक्षा समेत राखेका थिए ।
स्वागत मन्तव्य मदरसाका प्रअ. सजेवुल अन्सारीले गरेको कार्यक्रममा विशाल केसीले सहजीकरण गरेका थिए भने कार्यक्रममा माधव पोखरेल, काजी बहादुर खत्रीले शुभकामना मन्त्वय राखेका थिए । कार्यक्रममा वडा अध्यक्ष राजुजंग भारती, सशस्त्र विओपी टाँघनडुब्बाका प्रहरी निरिक्षक सचिन प्रधान, कुमरखोद ईलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरिक्षक हरि बहादुर थापा, कन्काई सप्ताहिका पत्रकार केशव चापागाई, प्रतिदिन दैनिक तथा झुल्केेेघाम डटकमका सम्वाददाता वरतलाल राजवंशी, रिता भण्डारी , रामु मुखिया लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन समसाद आलमले गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्।