एजेन्सी । भारतीय टेलिभिजन च्यानल आज तकका वरिष्ठ पत्रकार तथा एङ्कर रोहित सरदानाको कोभिड–१९ संक्रमणबाट मुत्यु भएको छ । कोभिड संक्रमणपछि हृदयाघातबाट सरदानाको शुक्रबार बिहान मृत्यु भएको भारतीय अंग्रेजी दैनिक टाइम्स अफ इण्डियाले जनाएको हो । 

पत्रकार सरदानाको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् । ‘रोहितको असामयिक निधनले मिडियाको दुनियाँमा ठूलो खाडल पारेको छ,’ मोदीले आज अपरान्ह तीन बजे ट्वीट गर्दै भनेका छन् । ४० वर्षीय सरदानाले सन् २०१७ मा आजतक प्रवेश गरेका थिए । त्यसअघि जी न्यूजमा काम गरेका रोहितले आज तकमा बहसको कार्यक्रम ‘दंगल’ सञ्चालन गर्दै आएका थिए । 

तपाइको प्रतिक्रिया दिनुहोस्।