एजेन्सी । अष्ट्रेलियाले भारतमा रहेका आफ्ना नागरिकलाई स्वदेश फिर्तामा प्रतिबन्ध लगाएको छ। कोरोना संक्रमण उच्च रहेको भन्दै अष्ट्रेलियाले भारतबाट फर्कने आफ्ना नागरिकलाई प्रतिबन्ध लगाएको हो । 

करिब ९ हजार आफ्ना नागरिकसहित भारतबाट सबै यात्रुलाई रोक लगाएको अष्ट्रेलियाले जबर्जस्ती गरेमा पाँच वर्षसम्म जेल अथवा ६६ हजार अष्ट्रेलियन डलरसम्म जरिवाना गर्न सक्ने नियम पारित गरेको बिबिसीले जनाएको छ ।

अष्ट्रेलियाको उक्त निर्णयको नागरिकस्तरमा भने विरोध भएको छ । 

यस्तै भारतमा तीब्र रुपमा दोस्रो लहरको कोरोना भाइरस फैलिरहेको अवस्थामा अमेरिकाले भारतीय हवाई यात्रुलाई रोक लगाउने निर्णय गरेको छ । जो बाइडेन प्रशासनले अर्को सातादेखि भारतबाट अमेरिका आउने हवाई यात्रुलाई रोक लगाउने निर्णय गरेको हो ।

मे ४ बाट भारतबाट अमेरिका आउने सम्पूर्ण यात्रुलाई रोक लगाउने व्हाइट हाउसले जनाएको छ । त्यस्तै, पछिल्लो १४ दिनसम्म भारतको यात्रा गर्ने विदेशीहरुलाई पनि रोक लगाइएको छ ।

त्यस्तै, अस अघि ब्रिटेन, इटाली, जर्मन, फ्रान्स, यूएई, पाकिस्तान, सिंगापुर, क्यानडा, हङकङ  लगायतले पनि यसरीनै प्रतिबन्ध लगाएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्।