झापा,वैशाख २१ ।  झापामा पोडी खेल्ने क्रममा एकजनाको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका-८ डुडामारी का २८ वर्षीय जिवन थाम्सुहाङको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।

सोमबार साँझ शिवसताक्षी नगरपालिका-१० स्थित माईखोलामा उनी साथीहरूसँग पौडी खेल्ने क्रममा माईखोलाको बाधबाट बगी बेपत्ता भएका थिए ।

थाम्सुहाङ बेपत्ता भएको खबर प्राप्त हुनसाथ ईलाका प्रहरी कार्यालय झिलझिले र अस्थाई प्रहरी पोष्ट माईधारबाट गएको प्रहरी टोलीले राती बगेको ठाँउबाट दक्षिण मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्।