विर्तामोड बैशाख २१। कोरोना भाइरस संक्रमणको जोखिम न्यूनिकरणका लागि जिल्ला प्रशासन कार्यालय झापाले निषेधाज्ञा जारी गरेपछि कनकाई नगरपालिकाले अत्यावश्यक काम बाहेकका सेवा स्थगित गरेको छ ।

बैशाख २१ गतेदेखि २६ गतेसम्मका लागि अत्यावश्यक काम बाहेकका सेवा स्थगित गरिएको कनकाईका प्रमुख प्रशासकीय अधिकृत मोहन प्रसाद न्यौपानेले जानकारी दिए ।

कोभिड–१९ को नयाँ भेरियन्टको बढ्दो संक्रमणले सेवा प्रवाहलाई थप जोखिम भएकोले सेवा स्थगित गरिएको बताइएको छ । कनकाई नगर कार्यालय, ९ वटै वडा कार्यालयहरुको अत्यावश्यक सेवा स्थगित गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्।