झापा,वैशाख २१ । इलाममा कोरोना भाइरस (कोभिड –१९) को नयाँ भेरियन्टको संक्रमणबाट एकैदिन दुईजनाको मृत्यु भएको छ ।

कोभिड फोकल पर्सन विमल बरालका अनुसार मंगलबार इलाम नगरपालिका ७ का  ७४ वर्षीय पुरुष र इलाम नगरपालिका  ४ की २९ वर्षीया युवतीको मृत्यु भएको हो । पुरुषको झापाको वीएण्डसी अस्पतालमा र युवतीको नोवेल अस्पताल विराटनगरमा मृत्यु भएको बरालले जानकारी दिए । 

यसअघि इलामको चुलाचुलीमा गाउँपालिका  १ का ८४ वर्षीया महिला र चुलाचुली गाउँपालिका ५ का ८८ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भइसकको छ । बरालका अनुसार मंगलबार दिउँसोसम्ममा इलामका ६३ जनामा कोरोना पुष्टि भएको छ । कोरोना पुष्टि भएकामध्ये स्वास्थ्यमा समस्या देखिएका ५ जना विभिन्न अस्पतालमा उपचाररत छन् भने अन्य होम आइसोलेसनमा रहेका छन्। 

तपाइको प्रतिक्रिया दिनुहोस्।