सप्तरी,वैशाख २८ । सप्तरीको पोर्ताहामा आज विहान मालबाहक ट्रकको ठक्करबाट श्रीमान –श्रीमतीको घटनास्थलमै मृत्यु भएको छ ।

मालबाहक ट्रकको ठक्करबाट हनुमाननगर कंकालिनी नगरपालिका १ भलुवाका ५० वर्षीय सत्यनारायण मण्डल र उनकी ४५ वर्षीया श्रीमती सुनिता देवी मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरायसी कामको सिलसिलामा साईकलबाट बजार जादै गर्दा ना ६ ख ३८६१ नम्बरको मालबाहक ट्रकले ठक्कर दिएको ईलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ ।

तीव्र गतिका कारण ट्रक अनियन्त्रित भएर अर्को साईडको साईकलालाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) नरेश सिंहले बताए ।

मृतकको शव पोष्टमार्टमका गर्न गजेन्द्रनारायण सिंह अस्पताल राजविराज पठाएको छ ।

ठक्कर दिने ट्रक राजमार्गबाट करिब ५० मिटर तल खेतमा पुगेको छ भने चालकलाई नियन्त्रण लिएको प्रहरी नायव उपरीक्षक सिंहले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्।