एजेन्सी । रूसको तातारस्तानको राज्यको राजधानी काजानमा रहेको एक विद्यालयमा मंगलवार गोलीकाण्ड हुँदा आठ बालबालिका र एक शिक्षकको ज्यान गएको छ । 

समाचार संस्था तासले दिएको खबरअनुसार, घटनामा १० जना घाइते भएका छन् । चारजनालाई अस्पतालमा भर्ना गरिएको छ । 

रुसमा १० दिनको राष्ट्रव्यापी बिदापछि विद्यालय खुल्नेबित्तिकै यो त्रासदीपूर्ण घटना भएको हो । 
 

काजान मस्कोबाट ८०० किलोमिटर पर छ । त्यहाँ १२ लाखभन्दा बढी मानिस बस्छन् । 

तपाइको प्रतिक्रिया दिनुहोस्।