काठमाडौं,वैशाख २८ । राजधानी काठमाडौं उपत्यकामा थप १५ दिन निषेधाज्ञा जारी भएको छ ।काठमाडौंका ३ वटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को बैठकले निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

काठमाडौंका स्थानीय तहका जनप्रतिनिधिको सिफारिस अनुसार निषेधाज्ञा थप्ने निर्णय गरिएको ललितपुरका सीडीओ ढुण्डीप्रसाद निरौलाले जानकारी दिए ।

कोरोना भाइरस संक्रमण रोकथामका लागि वैशाख १६ गतेदेखि काठमाडौंमा जारी निषेधाज्ञा वैशाख २९ गतेसम्म कायम थियो । अब १५ दिन थपिने भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्।