झापा , जेठ १८ । कोरोना संक्रमणबाट अर्जुनधारा नगरपालिकामा केही दिनदेखि दैनिक एक जनाको मृत्यु हुने गरेको छ ।

पछिल्लोपल्ट अर्जुनधारा ५ की एक महिलाको कोरोनाबाट मृत्यु भएको हो ।अर्जुनधारा ५ की ४२ वर्षीया परियार थरकी महिलाको उपचारको क्रममा हिजो बेलुका ७ः३० बजेतिर बिएन्डसी हस्पिटलमा मृत्यु भएको हो । उनको नेपाली सेनाले कनकाई माईमा अन्त्येष्टि गर्ने तयारी भइरहेको अर्जुनधाराका कोभिड फोकल पर्सन मुकुन्द बस्नेतले जानकारी दिए ।यसअघि हिजै अर्जुनधारा ३ की लिम्बू थरकी महिलाको मृत्यु भएको थियो भने एक दिनअघि अर्जुनधारा ९ की अधिकारी थरकी महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्।