काठमाडौँ,जेठ २१ । विश्वकप छनोटकाे खेलमा नेपालले चाइनिज ताइपेईमाथि २–० गोलको स्पष्ट जित निकालेको छ।

यस अघिको खेलमा पनि २–० जित नेपालले ताइपेइविरुद्ध निकालेको थियो ।

कुवेतमा बिहीबार राति भएको खेलमा नेपालले २–० पुन विजयी हुँदा अन्जन विष्ट र नवयुग श्रेष्ठले एक–एक गोल गरे ।

विष्टले चौथो मिनेटमा पेनाल्टीमा गोल गरेका थिए ।

यस अघि २०१९ मा भएको खेलमा पनि विष्टले नै ताइपेइविरुद्ध दुवै गोल गरेका थिए ।

८१ औं मिनेटमा सब्टिच्युट खेलाडी नवयुग श्रेष्ठले नेपालको अग्रता दोब्बर पारे ।

नेपालले विश्वकप छनोटमा समूह बीबाट ६ खेलमा ६ नै अंक जोडेको छ ।

नेपालले अब २४ जेठमा जोर्डन र २८ जेठमा अष्ट्रेलियासँग खेल्दैछ । यी दुवै टिम नेपालभन्दा धेरै नै बलिया छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्।