धादिङ,जेठ २१। धादिङ जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको कोरोनाका कारण निधन भएको छ । उनको ललितपुरको स्टार अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान निधन भएको हो । ५५ वर्षीय पौडेलको भेन्टिलेटरमा उपचार भइरहेको थियो ।

विगत २ वर्षदेखि जिल्ला अदालत धादिङमा कार्यरत थिए । उनलाई २० दिनअगाडि कोरोना संक्रमणपछि उपचारका लगि स्टार अस्पताल लगिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्।