झापा, जेठ २६। झापा गाउँपालिकामा गठन भएको सहयोगी कार्यदलले वडा २ मा मास्क र कोरोना भाइरस सम्वन्धी सचेनामुलक पर्चा पम्पलेटहरु वितरण गरेको छ । युनिसेफ नेपाल र झापा जिल्ला रेडक्रस शाखाको सहयोगमा झापा गाउँपालिका स्तरीय सहयोगी कार्यदलले झापा गाउँपालिकाको विभिन्न वडाहरुमा कोभिड १९ सम्वन्धी विभिन्न चेतनामुलक कार्यक्रमहरु घरदैलोमा गर्दै आइरहेको छ ।

सहयोगी कार्यदलले घरदैलोमा गएर प्रत्येक घरधुरीको लागत तथ्यांक संकलन गरी नेपाल रेडक्रस जिल्ला उपशाखामा पठाउने काम गर्दै आएको छ । झापा गाउँपालिकामा अहिले कोभिड १९ को संक्रमित दर अहिले घटेर ३० प्रतिशत रहेको झापा गापा स्वास्थ प्रमुख लक्ष्मण विश्वकर्माले वताए । स्वास्थ प्रमुख विश्वकर्माले दोस्रो चरणको कोभिड १९ को संक्रमित संख्या झापा गाउँपालिकामा १ सय ५५ जना र मृत्यु संख्या जम्मा ४ जना रहेको वताए ।

सहयोगी कार्यदलले झापा गाउँपालिकामा गठन भएको पालिका स्तरीय वालविकास संजाललाई मास्क ,पर्चा र पम्पलेट हरु वितरण गरिनुका साथै विभिन्न वडाको घरदैलोमा पुगी मास्क र कोभिड १९ सम्वन्धी चेतनामूलक कार्यक्रमहरु गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्।