झापा, जेठ २८। झापा गाउँपालिकामा प्रतिवन्धीत लागुऔषध व्राउन सुगर सहित एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापा गाउँपालिका वडा ४ का १८ वर्षीय दिलशाद आलम रहेका छन् ।

विशेष खवरको आधारमा टाँघनडुब्बाका बिओपी प्रमुख सशस्त्र प्रहरी निरिक्षक सचिन प्रधानको कमाण्ड रहेको टोलीले हिजो बेलुका ४ बजे झापा-४ को विलायतीबारीमा रहेको नेपाल-भारत सिमाको १३३ पिलरको दसगजा क्षेत्रमा आलमलाई शंका लागि चेकजाँच गर्दा उनको साथबाट २३.०५ ग्राम लागुऔषध ब्राउन सुगर फेला परेको निरिक्षक प्रधानले बताए।

प्रतिवन्धीत लागुऔषध सहित पक्राउ परेका आलमलाई आवश्यक करबाहीका लागि हिजो नै इलाका प्रहरी कर्यालय कुमरखोदमा वुझाएको निरिक्षक प्रधानले वताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्।