हल्दिबारी, जेठ ३१। विश्व रक्तदाता दिवस जुन १४ को अवसरमा अन्तर्राष्ट्रिय नेप्लिज रक्तदाता संघ(आइएनबिडिए)ले रक्तदानको क्षेत्रमा काम गर्ने संस्था तथा व्याक्तिलाई विभिन्न विधामा अवार्डबाट सम्मान गरेको छ ।

भर्चुअल माध्यमबाट भएको कार्यक्रममा रक्तदाता संघले प्रदान गर्ने ६ विधाको अवार्डको घोषणा गरिएको थियोे । संचारकर्मी तथा शतक रक्तदाता नेत्र बिक्रमी (नेपाल) र शतक रक्तदाता डाक्टर सन्देश पन्त (अस्ट्रेलिया) यो वर्षको “रेगुलर ब्लड डोनर मोटिभेसन अवार्ड २०२१” बाट सम्मानित भएका छन् ।

त्यस्तै अवार्डबाट सम्मानित हुने संस्था तथा व्याक्तिहरुमा रेगुलर ब्लड डोनर मोटिभेसन अवार्ड नेत्र विक्रम विमली(नेपाल-१०७ पटक) र डा. संदेश पन्त (अस्ट्रेलिया- १२१ पटक), वेष्ट एनबिडिए एक्टिभिटिज अवार्ड–नेप्लिज ब्लड डोनर्स एसोसिएसन कुवेत, वेष्ट कम्युनिटी अर्गानाइजेसन फर ब्लड डोनेशन प्रोग्राम अवार्ड–नेप्लिज ब्लड डोनर्स एसोसिएसन अष्ट्रेलिया, वेष्ट आइएनबिडिए स्टार्टअप एक्टिभिटिज अवार्डल–नेप्लिज ब्लड डोनर्स एसोसिएशन फ्रान्स र एनबिडिए प्रेसिडेन्ट लिडरसिप अवार्ड–सुरेश गौतम(नेप्लिज ब्लड डोनर्स एसोसिएशन क्यानडा), पब्लिसिटी अफ ब्लड डोनेशन मोटिभेसन अवार्ड– मोहन अधिकारी (नेपाल) रहेका छन् ।

शतक रक्तदाता नेत्र विमली

अन्तर्राष्ट्रिय नेप्लिज रक्तदाता संघका केन्द्रिय अध्यक्ष अजय सत्यालको सभापतित्वमा भएको अवार्ड घोषणा कार्यक्रमलाई अध्यक्ष सत्याल,स्वास्थ्यविद मन्जु कर्मचार्य, उपाध्यक्ष एभरेस्ट गौतम, बिनोद भट्टराईले रगतको क्षेत्रमा काम गर्नु पर्ने कारण, रगतको आवश्यकता र युवाहरूलाई सहभागिता गराउन खेल्नु पर्ने भुमिकाको बारेमा आ–आफ्नो बिचार राखेका थिए ।

अवार्ड घोषणा कार्यक्रममा विश्वका रक्तदानको क्षेत्रमा काम गर्ने १५ मुलुकका ३० भन्दा बढी रक्तदान अभियान्ताहरुको सह्भागिता रहेको संस्थाका महासचिव राहुल रेग्मीले बताए ।अमेरिकामा केन्द्रिय कार्यालय रहेको आइएनबिडिएका १० मुलुकमा भगिनी संस्थाहरु रहेका छन् भने ३० भन्दा बढी मुलुकमा २५ हजार भन्दा बढी रक्तदाता आबद्द रहेको जनाइएको छ । नेपालमा रक्तदान कार्यक्रमलाई सहयोग पुर्याउने उद्देश्यले स्थापना भएको संस्थाले विश्वभरी नेपाली समाजलाई रक्तदान कार्यक्रममा सह्भागिता गराउदै आएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्।