झापा, असार ०२। झापा गाउँपालिकामा मेची अभियानले दुर दराजमा रहेका तथा स्वास्थको पहुँचमा नरहेको कोभिड तथा नन कोभिडको सम्पूर्ण विरामीहरुको लागि स्वास्थ्यमा पहुँच रहोस् भनी जगनाथ राजवंशीको संयोजकत्वमा गाउँपालिकामा स्तरीय समिति गठन गरेको छ।

सो कार्यक्रम झापा गाउँपालिका अध्यक्ष जयनारायण शाहको अध्यक्षतामा भएको थियो भने कार्यक्रममा मेची अभियानको संयोजक श्री बिजय डालमिया, मेची अभियानको सदस्य तथा नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्य तथा प्रबक्ता आदरणीय विश्व प्रकाश शर्मा, नेपाली काङ्ग्रेस झापाका नेता श्री देउ कुमार थेवे, अन्तर्राष्ट्रिय झापाको वरिष्ठ उपाध्यक्ष नवीन पोख्रेल र मेची अभियानको सदस्य श्री मदन बुढाथोकिको उपस्थिति रहेको थियो।

कार्यक्रममा मेची अभियानको सदस्य तथा नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य तथा पार्टी प्रवक्ता विश्व प्रकाश शर्माले मेची अभियान २०७२ सालमा स्थापना भई विशुद्द पार्टी भन्दा पृथक रहेको र दुर दराजमा रहेको बिपन्न बर्गको लागि मृगौला, मुटु र सुगर बिरामीको लागि आर्थिक अभाव भई औषधि उपचार नपाएकाहरुका लागि डा. सम्मको पहुँच पुर्याउन मेची अभियान सुरु गरेको बताए।

उनले मेची अभियानले हालसम्म मानविय सेवामा समर्पित रहेर धेरै काम गरिसकेको र झापा गाउँपालिकामा पनि २०७४ को बाढीपीडित र कोविडको पहिलो चरण र दोस्रो चरण गरी ३ पटक काम गरेको जानकारी दिए।

तपाइको प्रतिक्रिया दिनुहोस्।