झापा, असार ०२। झापा गाउँपालिकामा मंगलबार राती ८.३० वजे मोटरसाइकल चालक सहित दुईजना गम्भीर घाईते भएका छन् । मोटरसाइकलबाट गम्भीर घाइते हुनेहरुमा झापा गाउँपालिका वडा २ कुवाडी बस्ने वर्ष ५० को दुखनसरी राजवंशी र अर्को झापा गापा २ कुवाडी बस्ने वर्ष ४० को मोटरसाइकल चालक बब्लु राजवंशी रहेका छन् ।

मोटरसाइकल चालक बब्लु राजवंशीले मे५प ८८२३ नम्बरको गाडी लिएर घरबाट लगभग १ किमी. टाढा कुवाडी बसस्टेण्डमा घुम्तीमा किराना र चियापसल चलाईरहेका वर्ष ५० की दुखनसरी राजवंशीलाई ठक्कर दिई दाहिने खुट्टाको घुँडामुनिको हड्डी बाहिर निस्केको थियो भने अर्का मोटरसाइकल सवार व्यक्तिको टाउकोमा गहिरो चोट लागि गम्भीर घाइते भएका थिए ।

दुवैजना घाइतेहरुलाई स्थानीय र प्रहरीले एम्बुलेन्स बोलाई उपचारको लागि विर्तासिटी हस्पिटल विर्तामोड पठाएका छ भने दुर्घटना गराउने मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय कुमरखोदले नियन्त्रणमा लिएका छ।

तपाइको प्रतिक्रिया दिनुहोस्।