कुमोरखोद, असार ०७। झापा गाउँपालिकामा थप एकजना महिलाको कोराना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा झापा गाउँपालिका वडा नं २ कि सुब्बा थरकी ४१ वर्षीय महिला रहेकी छिन् । सुगर बिरामी भएकी महिलालाई अचानक श्वासप्रश्वासको समस्या आएपछि ती महिलालाई जेठ २७ गते विर्तासिटी हस्पटिल भर्ना गरिएको थियो । हस्पिटलले उक्त महिलाको कोराना परिक्षण गर्दा रिपोर्ट पोजिटिभ आएपछि सघन कक्षमा राखेर उपचार भइरहेको थियो । विर्तासिटी हस्पिटलमा उपचार गराउँदा पनि स्वास्थयमा सुधार नआएपछि उनको आफन्तहरुले हिजो आईतबार नै बिरामीलाई घर ल्याएका थिए । घरमा आफन्तजनसँग अब कुन हस्पिटलमा उपचार गर्न लैजाने भनी सरसल्लाह गरिरहेको बेला विरामीलाई फेरी श्वासप्रश्वास समस्या आउन थालेपछि उनको आफन्तजनले उपचारको लागि दमकको लाईफलाईन हस्पिटल लैजाने क्रममा हस्पिटलको गेटमै पुग्न लाग्दा रातको १० बजे मृत्यु भएको उनकी छोरीले झुल्केघाम डटकमलाई जानकारी गराएकी छिन् ।
झापा गाउँपालिकामा दोस्रो चरण भेरियन्टको कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ जना पुगेको छ भने संक्रमित दर चौबिस प्रतिशत रहेको झापा गाउँपालिकाका स्वास्थ्य प्रमुख लक्ष्मण विश्वकर्माले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्।