झापा,असार ०९ । पछिल्लो २४ घण्टामा देशभर २४२१ जना कोरोना संक्रमित थपिएका छन् । पिसिआर परीक्षणमा १५११ जना र एन्टिजेन परीक्षणमा  ९१० जनालाई कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले बुधबारको प्रेस ब्रिफिङमा जानकारी दिएका छन् ।

हालसम्म पिसिआर विधिबाट संक्रमण पुष्टि हुने संख्या  ६ लाख २७ हजार ८५४ पुगेको छ । एन्टिजेनबाट संक्रमण देखिनेको संख्या २९ हजार ३७ छ । 

२४ घण्टामा देशभर ७ हजार ४६१ पिसिआर र  ४ हजार ९५३ गरी १२ हजार ४१४ परीक्षण भएको प्रवक्ता पौडेलले बताए । 

प्रवक्ता पौडेलका अनुसार २४ घण्टामा ३५५८ कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । अहिलेसम्म संक्रमणमुक्त हुनेको संख्या ५ लाख ५ ६ हजार ७९८ जना पुगेको छ।

प्रवक्ता पौडेलका अनुसार २४ घण्टामा ३५५८ कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । अहिलेसम्म संक्रमणमुक्त हुनेको संख्या ५ लाख ५ ६ हजार ७९८ जना पुगेको छ।

देशभर सक्रिय संक्रमित ५० हजार ५२० जना रहेको पौडेलले जानकारी दिए । यसमध्ये होम आइसोलेसनमा ४७ हजार २८६ र संस्थागत आइसोलेसनमा ३ हजार २३४ जना संक्रमित छन् । 

कोरोना संक्रमणबाट २४ घण्टामा ५२ जनाको मृत्यु भएको छ । विगतमा विभिन्न समयमा कोरोनाबाट मृत्यु भएका र विवरणमा छुटेका थप २९ जनाको पनि विवरण प्राप्त भएको प्रवक्ता पौडेलले बताए । योसँग कोरोनाबाट मृत्यु हुनेको संख्यामा आज ८१ जना थपिएका छन्।  । 

तपाइको प्रतिक्रिया दिनुहोस्।