विराटनगर,साउन ०५ । विराटनगरको जनआन्दोलन चोक नजिकै एक जना पुरुष शव भेटिएको छ।

स्वस्तिक होटल अगाडिको सटर बाहिर ४० देखि ४५ वर्ष उमेरका पुरूषको मंगलबार बिहान ८ बजे मृत अवस्थामा शव फेला परेका हो ।

गहुँगोरो वर्णका मृतक पुरूषको टाउकोमा चोटपटक लागेको अवस्थामा शव फेला परेको वडा प्रहरी कार्यालय विराटनगरका डीएसपी दीपक कार्कीले जानकारी दिए ।

मृतक पुरूषको पहिचान अहिलेसम्म नखुलेको उनको भनाई छ । मोरङ प्रहरीका मुद्दा फाटका प्रहरी टोली घटनास्थलमा पुगेर मुचुल्का उठाएर गएको छ ।

स्थानीयका अनुसार उनी विराटनगरमा सडक पेटिकामा सुत्ने गरेका थिए । मृतकको शव पोस्टमार्टम गर्न विराटनगरस्थित कोशी अस्पताल लगिएको छ।

file photo

तपाइको प्रतिक्रिया दिनुहोस्।