माघ ०८, इलाम ।

अनेरास्ववियू माइ नगर कमिटीको आयोजना तथा माइ नगर संयोजक पुष्प चापागाईंको अध्यक्षता , अनेरास्ववियू केन्द्रिय सदस्य एवं इलाम जिल्ला संयोजक मिलन खत्रीको प्रमुख आतिथ्यता, अनेरास्ववियू इलाम जिल्ला कार्यलय सदस्य सुशान्त चापागाईं कार्यलय सदस्य गोपाल आचार्य, जिल्ला सदस्य कुमार खतिवडा, अनिल राई लगायत को उपस्थितिमा अनेरास्ववियू कन्काइ मावि प्रारम्भिक कमिटी अरुन बराइली को अध्यक्षतामा १४९ सदस्यीय कमिटी गठन गरिएकाे छ ।

उक्त कमिटीकाे उपाध्यक्षमा कला ढुङ्गाना, सचिवमा गिता निरौला सह–सचिवहरूमा अन्जना बस्नेत, सुनिता लिम्बू , सुजन बस्नेत र कोषाध्यक्षमा मनोज भारती रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्।