बिर्तामोड ,चैत्र ११। देशमा गणतन्त्र स्थापित भएता पनि राजा प्रतिको जनताको स्नेह भने घटेको देखिदैन । वर्षको एकपटक झापा आउने गरेका पूर्व राजा ज्ञानेन्द्र शाहलाई झापाको चन्द्रगढि विमानस्थलमा स्वत स्फूर्त स्वागत गरेका छन । पूर्वरानी तथा छोरी सहित झापा आएका पूर्वराजा ज्ञानेन्द्र यो पटक भने एक महिना सम्म बस्ने स्वकिए सचिवले बताएका छन ।

धार्मिक स्थलमा पूजा आजा गर्ने गरेका पूर्वराजा समर्थक ले देशमा राजतन्त्रनै चाहिन्छ राजा आउ देश वचाउ हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ हाम्रो भाषा हाम्रो भेष प्राण भन्दा प्यारो छ भन्दै नारा लगाएका थिए । 

झापा जिल्ला सबै पार्टिको बाहुल्यता रहेको जिल्लामा परिचित छ कुनै बेला लाल किल्ला थियो , कुनै बेला काग्रेसले तोडेको देखिन्थ्यो भने नेपालकै एकमात्र संसदीय चुनावमा जित हासिल गरेको राप्रपाको पकड पनि यहि जिल्लामा देख्न सकिन्छ । र यहाको राजनितिलेनै देशको बागढोर पटक पटक सम्हालेको छ ।

नेपाली काग्रेसका प्रवक्ता विश्व प्रकाश शर्मा , नेकपा एमाले अध्यक्ष केपि ओली , राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन जस्ता प्रभावशाली ब्यक्तित्वको जिल्लामा चुनावको बेला पूर्वराजाको यो निजि भ्रमण भएता पनि उनले सामाजिक ब्यक्तित्व संगको भेटघाटलाई बढाउने  बताइएको छ ।  

चन्द्रगढि विमान स्थलबाट दमकमा रहेको हिमालयन टि गार्डेनभित्र परिसरमा रहेको निजि निवासमा परिवार सहित उनी एक महिना झापा बस्नेछन ।