भारत र रुस बीचको सम्बन्धलाई लिएर अमेरिकाले फेरि एकपटक चेतावनी दिएको छ । पेन्टागनले शुक्रबार अमेरिकाले रक्षा क्षेत्रमा रुसमाथिको आफ्नो निर्भरता घटाउन भारतलाई लगातार भनिरहेको बताएको हो । अक्टोबर २०१८ मा, भारतले रुससँग S-400 मिसाइल रक्षा प्रणालीका पाँच इकाइहरू किन्नको लागि ५ बिलियन डलर सम्झौतामा हस्ताक्षर गरेको थियो ।

त्यसबेला ट्रम्प प्रशासनले भारतले यो सम्झौता गरेमा अमेरिकाले प्रतिबन्ध लगाउन सक्ने चेतावनी पनि दिएको थियो । समाचार एजेन्सी पीटीआईका अनुसार अमेरिकाले टर्कीलाई आफ्नो सीएएटीएसए कानुन अन्तर्गत रुसबाट.S-400 मिसाइल प्रणाली किन्न प्रतिबन्ध लगाएको छ।

पेन्टागनका प्रेस सेक्रेटरी जोन किर्बीले शुक्रबार पत्रकारहरूलाई भने, ‘हामीले यस मुद्दामा भारत र अन्य देशहरूसँग आफ्नो अडान स्पष्ट गरिसकेका छौँ कि हामी उनीहरू रक्षा आवश्यकताहरूका लागि रुसमा निर्भर नरहोस् भन्ने चाहन्छौँ । हामी तिनीहरूलाई यसो नगर्न आग्रह गरिरहनेछौँ। उनले थपे, ‘हामी भारतसँग हाम्रो रक्षा सहयोगलाई महत्त्व दिन्छौँ। हामी यो सम्बन्धलाई अगाडि बढाउन चाहन्छौँ। यो अगाडि बढ्नेछ किनभने हाम्रो सम्बन्ध महत्त्वपूर्ण छ ।’