मेचीनगर । झापाको मेचीनगरबाट युवा जागरण अभियान सुरु भएको छ । अहिंसावादी युवा संघ जिल्ला कमिटी झापाको आयोजना र नेपाल तामाङ विद्यार्थी घेदुङ झापाको सह-आयोजना तथा अहिंसावादी बौद्ध धर्म विश्वशान्ति चक्र संघ केन्द्रीय समितिको आह्वानमा भएको कार्यक्रमको उद्घाटन मेचीनगर नगरपालिकाका प्रमुख गोपाल चन्द्र बुढाथोकीले गर्नुभएको थियो ।

कार्यक्रममा उप-प्रमुख मिना उप्रेतीको विशिष्ट आतिथ्यता रहेको थियो भने वडा न. ९ का वडाध्यक्ष कन्चन तामाङ, वडा न. ८ का वडा सदस्य विष्णु भट्टराईले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा नेपाल तामाङ घेदुङ संघीय सदस्य तथा झापा इन्चार्ज पदम बहादुर तामाङ (देवराज), नेपाल तामाङ घेदुङ प्रदेश न. १ सचिव तिलक पाख्रीन, नेपाल तामाङ घेदुङ विर्तामोड नगर अध्यक्ष हस्त बहादुर लुङ्बा, बुद्धशान्ति घेदुङका इन्चार्ज तथा टिमाई गुम्बा अध्यक्ष भक्त ग्लान तामाङ, बुद्धशान्ति घेदुङका अध्यक्ष मेन बहादुर थिङ, विद्यार्थी घेदुङ संघीय सचिव हैकम राज घिसिङको विशेष आतिथ्यता रहेको थियो । त्यसैगरी विद्यार्थी घेदुङ झापा अध्यक्ष प्रकृति घिसिङ, मणिपा संघ धुलाबारी अध्यक्ष देवीमाया तामाङ, ङोन्पर घावही सिङ्खाम बौद्ध गुम्बाका अध्यक्ष ताकेन्द्र तामाङ, महिला घेदुङ विर्तामोड अध्यक्ष फूलमाया तामाङ लगायतको आतिथ्यता रहेको थियो ।

शुभकामना मन्तव्य राख्दै उप-प्रमुख उप्रेतीले काँकरभिट्टा प्रवेशद्वारमा बुद्दको मूर्ति निर्माण गरी भारत, बङगलादेश, श्रीलंकाबाट आउने पाहुनाहरुलाई बुद्धको देशमा प्रवेश गरेको सन्देश दिने बताउनुभयो । उहाँले आगागी आव ०७९/८० मा बजेट छुट्ट्याइसकेकाले अब छिट्टै काम अगाडि बढाउने बताउनुभयो । मेचीनगर नगरपालिकाका नवनिर्वाचित प्रमुख गोपाल चन्द्र बुढाथोकीले युवाको लागि यस किसिमको जागरण अपरिहार्य रहेको बताउनुभयो । युवाहरु असल शिक्षा तथा संस्कारको अभावमा लागुपदार्थ, दुर्व्यसनी तथा कुलतमा फस्ने गरेको भन्दै यस्तो कार्यक्रम गाउँ गाउँ तथा देशैभरी गरिनुपर्नेमा जोडदिनुभयो । उहाँले युवाहरुलाई अहिंसा तथा नैतिकवान बनाउने यस्तो कार्यक्रमलाई आफू सदैव सहयोग गर्ने बताउनुभयो ।

उद्घाटन कार्यक्रमको स्वागत मन्तव्य आनीला याङ्चेन डोल्मा राख्नुभएको थियो भने खेन्पोला पेमा सम्बा लामा प्रमुख धर्म गुरुले महत्वपूर्ण भनाई सहित उद्घाटन कार्यक्रमको समापन गर्नुभएको थियो ।

कार्यक्रमको दोस्रो सेसनमा मोटिभेशनल स्पीकर तथा प्रशिक्षक रोमन मानवले युवाहरुलाई स्वधर्म, आत्मसम्मान र रुपान्तरण सम्बन्धी उत्प्रेरणामुलक प्रस्तुति दिनुभएको थियो । त्यसैगरी सेवाका लागि युवा अभियान्ता छेवाङ तामाङले युवाहरुलाई नैतिक जागरण सम्बन्धी प्रशिक्षण दिनुभएको थियो । युवाहरुलाई नैतिक, अध्यात्मिक तथा सामाजिक रुपान्तरणका लागि जागरण सन्चालन गरिएको अहिंसावादी युवा संघ झापा सचिव महेन्द्र तामाङले बताउनुभयो । यसअघि वि.स. २०६७ पुष ०७ गते नेपाल अहिंसावादी बौद्ध धर्म विश्वशान्ति चक्र संघले पूर्वबाट अहिंसावादी अभियान सन्चालन गरेको थियो भने यसपटक पनि पूर्वबाटै युवा जागरण सन्चालन गरिएको छ । कार्यक्रममा झापा, मोरङ, सुनसरी लगायतका जिल्लाबाट १०० भन्दा बढीको सहभागिता रहेको थियो ।

अहिंसावादी युवा संघ झापा कमिटीको अध्यक्षमा सन्तवीर तामाङ, उपाध्यक्षमा कल्पना मोक्तान, सचिवमा महेन्द्र तामाङ, कोषध्यक्षमा प्रतिमा घिसिङ रहनुभएको छ । त्यसैगरी सदस्यहरुमा सुरेश तामाङ, निरोज राज ग्लान तामाङ, निशान ङेसुर तामाङ, हर्कमान तामाङ, छेनाम तामाङ, लासाङ तामाङ रहनुभएको छ । संघको स्थापना वि.स. २०७७ सालमा भएको हो ।