विजय चौधरी

दुबईमा मेडिकल कलेज खोल्ने निर्णय गरे लगत्तै दुर्गा प्रसाई दुबईको भ्रमणमा प्रस्थान गरेका छन् । दुबई पुग्ने बित्तिकै त्यहाँ अफ्ट्यारामा रहेका नेपालीहरु र विभिन्न कारणले अलपत्र परेका र सुतेको स्थानमा सुतेको सुतेकै भएर मृत्यु (natural death) भएको तर वर्षाैंदेखि यतिकै रहेका शव नेपाल पुर्याउन सहयोग गर्नेछन् । उनले दुबईमा रहेको १६ वटा शव तत्काललै नेपाल ल्याउन पहल गर्ने भएका छन् । यो खबरले नेपालमा रहेका आफ्ना आफन्तहरु खुशी भएका छ्न् । सरकारले नगरिदिएको काम दुबईमा गएर आफ्नो मान्छे ल्याउन पहल गरेकोमा दुर्गा प्रसाईलाई ढुङ्गा खोज्दा देउता भेटिए सरह भएको आफन्तले भावुक हुँदै बताएका छन् ।

विदेशीनु रहर होइन बाध्यता हो । के गर्नु नेपालमा राम्रा होइन हाम्रा लाई मात्र अवसर छ, आफ्नै देशमा केही गरौं त भएका उद्योग,कलकारखाना सबै बन्द ठप्प छ्न, काम गर्ने वातावरण छैन केहि गरौं न त भन्दा सरकारले जनतामाथी लगाएको करले ठुलाठुला उद्योगपति देखि मझौला ब्यपारी समेत चर्को करले पिल्सिएको अवस्था छ! त्यही माथी आफ्नै देशमा केही गर्न खोज्नेको लागि पनि तल्लो तहका कर्मचारी देखि माथील्लो तहका निकायलाई कमिसन बुझाउन पर्ने सेटिङ गर्नु पर्ने अवस्थामा छ र यो सबैले भोगेको यथार्थ हो । यो काहाली लाग्दो यथार्थलेनै आज चाहेर न चाहेर बिदेशीनु हरेक घर बाट बिदेशीनु पर्ने बाध्यता छ ।

साहुको ऋण लिएर घर जग्गा बेची घरपरिवार लाई छोड्दै नेपालको बिमानस्थलमा भक्कानिदै बिदेश गएका कयौं नेपाली दिनहुँ जस्तो देखिन्छन विदेशमा दुख गरेर स्वदेशमा परिवार संग खुसी जीवन बिताउने सपना देख्ने नेपालीहरु जब बिदेश पुग्छ्न कति त बिचौलियाको फन्दामा फस्छ्न कति भने ढंग मेनपावरको फन्दामा परेर एक काम भनेर अर्को काममा पठाउने, एक देश भनेर अर्को देशमा पुर्याउने, थाहा नभएकालाई झुक्याएर भिजिट भिजामा पठाउने, चर्को रकम असुल्ने अनि अलपत्र पारिदिने गर्छन् ।
४८,५० डिग्रीको सम्मको घाममा काम गर्नुपर्ने, न गरौ साहुको ‌ऋण र परिवारलाई खुशी जीवन बिताउला है भन्दै दिएको आश्वासन याद आउने गर्छ, न गरौं काम गर्दा गर्दै चर्को घामले कति खेर आमा पनि भन्न नपाई ढल्ने हो थाहा नै हुँदैन, कुन बेलामा बाचिन्छ या मरिन्छ भर छैन दयनिय परदेशी जीवनको सिहंदरबारमा बसेर रेमिट्यान्समा पल्केका शासकलाई के थाहा ?

जिउदै हुँदा त उद्दार गरेनौ ए । सरकार मरेपछि भने हाम्रो लास नेपाल पुर्याईदे है, आफ्नै भूमिको माटोमा हामी जय जन्म दिने आमा जय नेपाल आमा भन्दै बिलिन हुन चाहान्छौं भन्ने कयौं नेपालीहरु युएईमा छ्न् । कि सास कि लास भए पनि हाम्रो मान्छेको हेरेर हामी चित्त बुझाई दाहसंस्कार गर्छौ हाम्रो मान्छेको लास ल्याईदे सरकार भन्दा भन्दा अब त आफन्तको आशु पनि रित्तिसक्यो, कयौं वर्षदेखि लास कुरेर बसेका आफन्तहरु वैदेशिक रोजगार अन्य विभाग सरकारसंग हारगुहार गर्दागर्दै अब त आश पनि मरिसकेको मृतकका आफन्तहरु बताउँछन् ।

आफन्तको चर्को गुनासो आएपछि वैदेशिक रोजगारमा फसेका नेपालीहरुको उद्दारको क्रममा केही समय अघिको अनुसन्धान गर्दा बिचौलिया मेनवारले वैदेशिक रोजगारको विभागका तल्लो कर्मचारीदेखि माथिल्लो तहमा समेत सेटिङ गरेको पाईयो जसले गर्दा कोहि आफ्नो आफन्त उजुरी गर्न जादाँ पनि उजुरी नलिने र लिए पनि यतिकै महिनौ महिनौ झुलाएर मत्लब नै नगरेको पाईएको छ । युएईको विभिन्न ठाउँमा ६ हजार भन्दा नेपाली अलपत्र छ्न र हजारौंको संख्यामा शवहरु छन् । एउटा शव ल्याउनको लागि ३ देखि ४ लाख सम्म लाग्छ सरकारले गर्ला गर्ला भन्दा आफन्तको आश मरिसकेको थियो तर फेरि मरेको आश लाई जिउँदो बनाएको छ दुर्गा प्रसाईंले गर्दा भन्दै आफन्तहरुले बताएका छन् अब आफ्नै पहलमा भए पनि जसरी पनि दुबईमा रहेका नेपालीहरुको शव केही दिन भित्रैमा नेपाल पुर्याउने प्रतिबद्धता दुर्गा प्रसाद प्रसाईंले गरेका छन् ।
यो महान कार्यको लागि पहल गर्ने र दुबईमा अलपत्र परेका नेपाली नागरिकहरुको आवाज विहिनको आवाज बनेर हरपल डटेर उद्दार गर्न लागि पर्नु भएको कर्मविरहरु NRN दुबईका युवा संयोजक भिममल्ल ठकुरी, कमल जि. सी., रिजवन अलाम, बिष्णु गिरी लगायत रहेका छन् ।
भनिन्छ्न नि जसको कथा उसकै व्यथा,
यो व्यथा नेपाल सरकारलाई के थाहा?
यो पहलको लागि दुर्गा प्रसाई लगायतलाई सम्पूर्ण नेपालीको तर्फबाट धन्यवाद ।