निर्वाचन आयोगले आजदेखि मतदाता नामावली संकलन स्थगित गरेको छ । सरकारले मंसिर ४ गतेका लागि निर्वाचनको मिति घोषणा गरेसँगै नामावली संकलन स्थगित गरिएको हो ।

प्रदेश निर्वाचन कार्यालय, जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालय लगायत विभिन्न ठाउँबाट भइरहेको मतदाता नामावली संकलन आजबाट स्थगित गरिएको आयोगले जनाएको छ ।

मतदाता नामावली संकलनका लागि अनलाइनबाट फारम भरी औँठाछाप र फोटो खिच्नका लागि आवेदन मिति निर्धारण भएका व्यक्तिहरूको हकमा भने साउन २१ गतेसम्म औँठाछाप र फोटो लिने व्यवस्था मिलाइएको छ ।