झापा, जेठ २२। विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण फोटो प्रतियोगिता हुने भएको छ। वृक्षारोपणको प्रवर्दन तथा जैविक विविधताको संरक्षणका लागि वातावरण संरक्षण मन्च नेपाल र डिभिजन वन कार्यालय झापाको आयोजनमा अनलाइन फोटो प्रतियोगिता हुन लागेको हो।

कोरोना भाइरसको विश्वव्यापी महामारी कारण सार्वजनिक कार्यक्रम नहुने भएपछि प्रविधिको प्रयोग गर्दै सामाजिक संजाल फेसबुकबाट फोटो प्रतियोगिता आयोजना गरिएको मंचका अध्यक्ष हैकम घिसिङले बताए।

फोटो प्रतियोगितामा भाग लिन आफ्नो घर वरिपरी वन जन्य तथा फलफुलका विरुवा रोप्नुपर्ने छ। साथै उक्त फोटो जेठ २३ गते बेलुका ८ बजेसम्म इसिएफ नेपालले बनाएको फर्म मार्फत् पठाउनु पर्ने छ । त्यसपछि फोटोलाई सामाजिक संजालमा प्रतिपर्धाको लागि राखिने छ । फोटोमा आएको लाइक र सेयरको आधारमा जेठ २८ (जुन १०) गते बेलुका ९ बजे विजेता घोषणा गरिने इसिएफ़का उपाध्यक्ष रमेश राजवंशीले जानकारी दिए।

प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमस: २५००, १५०० र १००० पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

यस बर्षको नेपाली नारा “सुरक्षित जीवनका लागि जैविक विविधता” तय गरिएको छ । वातावरण दिवस सन् १९७४ देखि हरेक वर्ष जुन ५ मा विश्वभरी मनाइदै आएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्।