काठमाडौं,असार ११ । सामाजिक सञ्जालमा पछिल्लो समय बेसार शब्दको निकै चर्चा छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिमा प्रयोग भएको बेसार शब्दलाई लिएर व्यांग्य गर्दै हालै एउटा गीत बजारमा आएको छ । 

गायक प्रदिप त्रिपाठी, किशोर नेपाली र प्रदिप तिवारीको सुमधुर स्वरमा ‘बेसार पानी’ बोलको गीत हालै सार्वजनिक भएको हो । 

यस गीतमा शब्द तथा संगीत सबै गायकहरुकै रहेको छ भने संगीत संयोजन तारानाथ आचार्यको रहेको छ ।  यस गीतको भिडियोमा गणेश सापकोटाको छायाँकन, सुवास अमगाईको सम्पादन रहेको छ । 

तपाइको प्रतिक्रिया दिनुहोस्।