काठमाडाैं,असार १७ । प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि बाँसबारीस्थित शहीद गंगालाल हृदयरोग केन्द्र पुगेका छन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार साँझ ५ बजे प्रधानमन्त्री अस्पताल पुगेका हुन्। 

अस्पतालमा उनको मुटुको जाँच गरिने थापाले बताए। 

स्वास्थ्य परीक्षण सकेर प्रधानमन्त्री आजै निवास फर्कने प्रेस सल्लाहकार थापाले जानकारी दिए।

तपाइको प्रतिक्रिया दिनुहोस्।