झापा,असार १७ । नेपालमा आज थप ४८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। तीमध्ये ११७ जना महिला र ३६५ जना पुरुष रहेका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार  पछिल्लो २४ घण्टामाा झापाका २१, सिराहाका २, सुनसरीका १, इलामका २,मोरङका ३, ताप्लेजुङका १, धनुषाका २१, महोत्तरीका ३६, पर्साका १, अछामका १२६, बझाङका १८, बाजुराका २५, गोरखाका ३, कैलालीका १६, पर्वतका १, जुम्लाका १, काठमाडौँका १०, चितवनका १२, नवलपरासीका १२, बाराका १, भक्तपुरका २ र ललितपुरका ५ जनामा कोरोना पुष्टि भएको छ।

यस्तै बैतडीका १, बाजुराका १८, डोटीका १८, कैलालीका १०, कञ्चनपुरका १०, बागलुङका ३, स्याङजाका ८, तनहुँका १, कास्कीका ३, लमजुङका १०, अर्घाखाँचीका १, गुल्मीका १, पाल्पाका २, बाँकेका ११, बर्दियाका ११, दैलेखका २, कालिकोटका २, सल्यानका १५, सुर्खेतका २२ र दाङका २ जनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार ४६ पुगेको छ। तीमध्ये १ हजार ७ सय ७४ महिला र १२ हजार २७२ जना पुरुष रहेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्।