काठमाडौं,असार ३० । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले आफ्ना पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति विषयान्तर भएको बताएका छन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो भानु जयन्तीका अवसरमा भगवान रामका विषयमा दिएको अभिव्यक्तिले देशलाई गम्भिर असर पुर्‍याउने बताएका छन् ।

नेता रावलले सामाजिक सञ्जाल ट्वीटरमा लेखेको छन्- यो बेला सीमा क्षेत्र मिचिएको, तराईका बस्ती डुबानमा परेको एवम कालापानी क्षेत्रबाट फौज हटाउनु पर्ने विषय उठाई भारतसँग कुरा गर्नुपर्ने हो कि, राम र अयोध्याबारे बहस गर्नुपर्ने ? विषयान्तर किन ?

उनले थप लेख्दै भनेका छन्- देशलाई गम्भिर असर पार्ने विषयमा पार्टी र सरकार कहीं छलफल गर्नु नपर्ने कस्तो तन्त्र हो ?
प्रधानमन्त्रीले हिजो दिएको अभिव्यक्तिको अहिले नेपाल–भारत दुबैतिर चर्को अलोचना भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्।