बिरेन्द्र तामाङ,

देशमा भएको वर्षौदेखि लागेको दीर्घ लुतो फालौ
वर्षौदेखि
लुतोले चिलाएर विक्षिप्त छ
आउ देशको लुतो,उभो हिमाल कटाम् उधो काशी पुराम…!
तपशिलका लुतोका प्रजातीहरु जस्तो…
योजनामा आश गर्ने आसेहरु
भ्रष्टाचारका साक्षत गुरुहरु
काम चोर्ने कामचोरहरु
उत्पातै सेवाग्राहीलाई दुख दिनेहरु
ठगी खाने ठगहरु
जनतामारा दलालहरु
यिनीहरुले वर्षौदेखि देशलाई चिलाई रहेछ
आउ देशको यिनै लुतो फालौ ।
नाङलो ठटाएर टेर्नेवाला छैनन्
राँको बालेर डराउने वाला छैनन्
मछिनो पड्काएर तर्सिने वाला छैनन्
भलाइ,लुते सरो,कुरिलो टाँगेर मान्ने वाला छैनन्
ओखल कुटेर भाग्ने वाला छैनन्
नाईटोमा तेल दलेर पन्छिने वाला छैनन्
त्यसैले खुद लुतेहरुको पहिचान गरुम्
टुपीमा समातेर तीन फन्का घुमाम्
अनि उभो हिमाल कटाम्
उधो काशी कटाम्
आउ बरु
देशको लुतो फालम्…!
भुँडी अजिर्ण हुनेगरी मिलाई मिलाई खानेहरु
कात्रोमा नि कमिशन खानेहरु
भुस ल्याउदा पनि झ्वाम्म घुस खानेहरु
देशका महान अनिकालेहरु
खुद पहिचान गरुम्
अनि आउ
दुई खुट्टामा समाएर तीन पल्ट घुमाएर
उभो हिमाल,उधो काशी पुग्ने गरी
अनिकालेहरुलाई फालम्
देशको लुतो फालम्……
अनि सञ्चो हुनेछ देश
मोटाउने छ देश……
आउ आजबाट देशको लुतो फालम्
( सन्दर्भ साउने संक्रान्ति पर्व )

तपाइको प्रतिक्रिया दिनुहोस्।