काठमाडौँ,साउन ०२ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक फेरी स्थगित भएको छ ।

आज ३ बजे बस्ने भनिएको बैठक पनि आइतबार ३ बजेसम्मका लागि स्थगित भएको छ ।  

यस अघि आज बिहान ११ बस्ने भनिएको स्थायी कमिटीको बैठक अपराहन्न ३ बजे सम्मका लागि स्थगित भएको थियो ।

प्रधानमन्त्रीका प्रेस सलाहकार सुर्य थापाले स्थायी कमिटीको बैठक श्रावण ४ गते आइतबार दिउसो ३ बजेसम्मका लागि स्थगित भएको जानकारी दिएका छन् ।

दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल जारी नै रहेकाले बैठक सारिएको नेकपाका नेताहरुले बताएका छन् ।

यसअघि विहिबारसम्म भएका छलफल र वार्ता बिना निष्कर्ष सकिएका थिए । 

तपाइको प्रतिक्रिया दिनुहोस्।