एजेन्सी,साउन ०३ । लिड्स युनाइटेड १६ वर्षपछि इंग्लिस प्रिमियर लिगमा फर्किएको छ।

शुक्रबार इंग्ल्यान्डको दोस्रो डिभिजनको लिग च्याम्पियनसिपमा दोस्रो स्थानको वेस्ट ब्रुमलाई हडर्सफिल्ड टाउनले २-१ गोलले पराजित गरेसँगै लिड्सको शीर्ष डिभिजनमा फर्कने पक्का भएको हो।

दोस्रो स्थानको वेस्ट ब्रुम अन्तिम खेलअघि शीर्ष स्थानको लिड्ससँग पाँच अंकले पछि परेको छ।

सन् २००१ को च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको लिड्स त्यसपछिका सिजनमा भने कमजोर साबित भयो।

जसका कारण लिड्स सन् २००४ मा प्रिमियर लिगबाट रेलिगेसनमा परेको थियो।

लिड्स युनाइटेड इंग्ल्यान्डको शीर्ष डिभिजनको लिग तीन पटक जितेको टिम हो।

सन् १९९२ मा आधुनिक प्रिमियर लिग सुरु हुनुअघि उसले अन्तिम पटक सिजन १९९१-९२ को लिगको उपाधि जितेको थियो। यस्तै १९६९ र १९७४ पनि लिड्स च्याम्पियन बनेको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्।