झापा,साउन १० । बिर्तामोड नगरपालिका १० मा ३८ औ बिपि स्मृति दिवसको अवसर पारेर आयोजित कार्यक्रममा भिभिन्न पार्टी परित्याग गरि ५२ जना नेता कार्यकर्ता नेपाली काङ्ग्रेस प्रवेश गरेका छन । आज आयोजित एक कार्यक्रमका बिच उनिहरु नेपाली काङ्ग्रेसमा प्रवेशस गरेका हुन । नेपाली काङ्ग्रेस झापाका जिल्ला सभापति उदब थापा, महासमिति सदस्य देउमान थेबे लगायत नेताले नब प्रबेसीहरुलाइ साधारण सदस्य्ता बितराण गर्दै खादा आबिर ले सम्मान गरेर पार्टी प्रबेस गराएका हुन ।

पार्टी प्रवेश गर्नेहरुमा अधिकाङ्स राप्रपा, नेकपा, लिम्बुवानका नेता कार्यकर्ता हुन । नब प्रवेशीसीहरुले आफुहरुले आस्था गरेको पार्टिले जनताको नेतृत्व गर्न नसकेकाले अफुहरुको भरोसा ती पार्टी बाट उठेको र अब नेपाली काङ्ग्रेस माथी विस्वाश बडेकाले आफुहरु नेपाली काङ्ग्रेसमा प्रवेश गरेको बताए । कार्यक्रम लाई सम्बोधन गर्दै सभापती उदब थापाले अहिलेको सरकार महामारीको बेलामा पनि देसको ढुकुटी लुट्ने कार्यमा ब्यस्त रहेको जनाताको जीवनस्थर सुधार गर्न कदम नचालेको आरोप लगाए, भ्रस्टाचार द्वन्दहिनता, जस्ता कार्यहरु यो सरकारको पालामा बडेर गएको उनले बताए उनले थपे बिपि कोइरालाको पाला देखि नै काङ्ग्रेस समाबेसी रहेको आदिबासी जनजातीको निम्ति आइएलो १६९ गिरिजा प्रसाद कोइरालाको सरकार को पालामा बनेको कुरालाइ सम्जदै आदिबासी जनजाती हरुलाइ सम्मान गर्ने पार्टी नेपाली काङ्ग्रेसनै भएको बताए । कार्यक्रममा बोल्दै नेता देउमान थेबेले नेपाली काङ्ग्रेसको बिचार र सिदान्तलाई अङ्गालेर काङ्ग्रेस प्रवेश गरेका नेता कार्यकर्तालाई काङ्ग्रेसले सधै सम्मान गर्ने अवसरहरुलाई समान रुपमा वितरण गर्ने नया पुरानो नभनी भेदभाब नगरिने उनले बताए, नेपाली काङ्ग्रेस मा आबद्ध सबैले आफ्नो समस्या मा र समाज का समस्यामा हातेमालो गरेर आघी बड्न सुझाब दिदै आफू सधै तपाइहरु सङ सहकार्य गरेर आघी बड्ने बताए ।

कार्यक्रम को सभापति वाडा सभापती मदन गुरुङले गरेका थिए भने प्रमुख अतिथीमा नेका जिल्ला सभापती उधब थापा, विशिष्ट अथितीमा देउमान थेबे, अथितिहरुमा जिल्ला सदस्य जलकुमर गुरुङ झापा क्षेत्र ३ प्रदेशका सभापति नवीन बिमली, बिर्टामोड सभापति भोजराज सिटौला, नेबि संघ पुर्ब केन्द्रिय सदस्य सन्तोस उप्रेती, वाडा सदस्य महिला नेत्री दिपिका सिवा, लगायतको अथित्यता रहेको कार्यक्रममा स्वागत मन्तब्य लोकबहादुर पौडेलले राखेका थिए भने कार्यक्रम साथी प्रकास क्षेतृय सदस्य पहल्मान श्रेष्ठले गरेका थिए । भोजराज सिटौला, नवीन बिमली, जल कुमार गुरुङ लगायतले मन्तब्य राखेको थिए । २ न. क्षेत्रिय सहसभापति धर्म लक्सम्बा जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्।