टोकियो,साउन ११ । आकासमा युद्द भएको हामीले पौराणिक कथामा सुन्दै आएका र्छौ । तर, पछिल्लो समयमा विश्वका शक्ति राष्ट्रहरुबीच अन्तरिक्षमा पनि युद्ध सुरु भएको छ । चीन र रुसले अन्तरिक्षमा युद्ध गर्ने प्रयास थालेका छन् । टोकियोका अधिकारीका अनुसार चीन र रुसको स्याटलाईट किलर जापानी उपग्रह नजिक आएको थियो । चीन र रुसले अन्तरिक्षमा स्याटलाईट ध्वस्त पार्ने अभ्यास गरिरहेकाप्रति जापानले चिन्ता व्यक्त गरेको छ ।
जापानी स्याटलाईटको नजिक आए चीन र रुसको स्याटलाईट किलर

जापानी अधिकारीका अनुसार चीन र रुसको सैन्य स्याटलाईट किलर व्यापक नजिक आएको छ । यस विषयमा जापानलाई अमेरिकाले सूचना दिएको हो । किनकी टोकियोसँग अन्तरिक्षमा चीन र रुसको स्याटलाईट ट्रयाक गर्ने क्षमता छैन । यही स्याटलाईटको सहयोगमा जापानले गुप्तचरी सूचना संकलन गर्दै आएको छ ।
अन्तरिक्षमा अमेरिकालाई रुसले समस्यामा पारिसकेको छ
एक शीर्ष अधिकारीलाई उद्र्धृत गर्दै जापानी अखबार योमोरीले यो वर्षको सुरुमै अमेरिकी टोही स्याटलाईट नजिक रुसको कोस्मोस २५४२ स्याटलाईट पुगेको थियो । त्यसपछि अमेरिका भित्रनै खतराको चेतावनी दिइएको थियो । रुसी किलर स्याटलाईट अमेरिकी टोही स्याटलाईटको यती नजिकक पुगेको थियो कि त्यसको सबै फोटोग्राफिक विस्तृत विवरण हासिल गर्न सक्ने चिन्ता अमेरिकामा बढेको थियो ।
अमेरिकासँग सर्वाधिक खोजी स्याटलाईट
सोही समयमा रुसले अन्तरिक्षमा दुश्मन देशको स्याटलाईट निश्क्रिया वा नष्ट पार्ने अभ्यास गरिरहेको थियो । अमेरिकासँग विश्वकै बढी खोज स्याटलाईट रहेका छन् । जसको माध्यमाबाट उसले विश्वभरीका देशको जासुसीका साथै गुप्तचरी सूचना संकलन गर्दै आएको छ । यदी चीन र रुस मध्ये कसैले पनि नष्ट ग-यो भने युद्धमा अमेरिकी भूमिका अन्धोको जस्तै हुन जान्छ । किनकी अमेरिकाले गुप्तचरी सूचना पाउन सक्दैन ।
स्याटलाईटभेदी हतियारमा चीन पनि
भनिदै आएको छ कि चीनसँग पनि अन्तरिक्षमा मार हान्ने क्षमता रहदै आएको छ । उसले पनि जमीनबाट हावामा प्रहार गर्ने स्याटलाईटभेदी मिसाइल विकास गरिसकेको छ । समय आएमा चीनले पनि अमेरिकी गुप्तचरी स्याटलाईटलाई अन्तरिक्षमा निशाना बनाउन सक्छ ।
के हो एन्टी स्याटलाईट हतियार
यो एक किसिमको हतियार हो । जसले कुनै पनि देशको सामरिक सैन्य उद्देश्यका लागि उपग्रहलाई निष्कृय गर्न वा नष्ट पार्न सक्छ । तर हालसम्म कुनैपनि युद्धमा यो हतियार प्रयोग गरिएको छैन । तर कयौ देशले अन्तरिक्षमा आफ्नो क्षमता प्रदर्शन र आफ्नो अन्तरिक्ष कायक्रमलाई निर्वाध रुपमा यो मिसाइल सिस्टमलाई अत्यावश्यक मानेका छन् । हालसम्म विश्वका ४ देशहरु अमेरिका, रुस, चीन र भारतसँग मात्रै यो क्षमता रहेको छ । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्।