झापा,साउन ११ । नेपालमा आईतबार थप १३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ६ सय १३ पुगेको छ।

इलाममा ५ जना सुरक्षाकर्मीसहित नौ जनामा कोरोना पुष्टि भएको छ । त्यसमा पाँच जना सशस्त्र प्रहरी छन् भने एक जना नेपाल प्रहरीका हवल्दार रहेका छन् । क्वारेन्टाइनको सुरक्षार्थ खटिएका प्रहरीका हवल्दारलाई कोरोना संक्रमण भएको हो ।

त्यस्तै भारतबाट आएर इलाम नगरपालिकाको क्वारेन्टाइनमा बसेका इलाम नगरपालिका–६का एक पुरुष र क्वारेन्टाइनमा खटिएका एक कर्मचारीलाई समेत कोरोना पुष्टि भएको इलाम नगरपालिकाकी स्वास्थ्य शाखा प्रमुख रमन्ता पौडेलले जानकारी दिइन् । त्यस्तै माइ नगरपालिका–४ का २६ वर्षको पुरुषलाई समेत कोरोनाको पुष्टि भएको स्वास्थ्य कार्यालय इलामका बिमल बरालले जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयका अनुसार झापाका १, इलामका ८, सिराहाका १, सुनसरीका २, उदयपुरका १, तेहथुमका १, मोरङका २६, धनुषाका १, महोत्तरीका २, पर्साका ४ जना रहेका छन्।

यस्तै दाङका १, नुवाकोटका १, सोलुखुम्बुका २, काठमाडौँका ८, नवलपरासीका २, रौतहटका १, मकवानपुरका १, बाराका १, कास्कीका ३, गोर्खाका २, रुपन्देहीका १, अर्घाखाँचीका १, बाँकेका २, वर्दियाका ६, जुम्लाका १, रोल्पाका ३, दैलेखका २५, सुर्खेतका ३, अछामका १४, बाजुराका ३ तथा कञ्चनपुरका १ जनामा संक्रमण पुष्टि भएको हो।

कोरोना भाईरसको संक्रमण निको भएर थप ७५ जना संक्रमित डिस्चार्ज भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या १३ हजार १२८ पुगेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्।